काठमाडौं । काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा कार्यवाहक प्रधानमन्त्रीसहित विशिष्ट अतिथि वसन्तपुर पुगेका छन्।
इन्द्रजात्राका अवसरमा वसन्तपुरमा विभिन्न परम्परागत सांस्कृतिक झाँकी तथा धार्मिक गतिविधि प्रस्तुत भइरहेका छन्। जात्राको मुख्य आकर्षणका रूपमा कुमारी, गणेश र भैरवको रथयात्रासमेत भइरहेको छ।
काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको इन्द्रजात्रामा परम्परागत नाच, झाँकी र धार्मिक विधिहरू प्रस्तुत गरिन्छन्।
वसन्तपुर क्षेत्रमा इन्द्रजात्रा हेर्न सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहेको छ।







