काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २४ जनाको शव भेटिएको छ।
विदुर नगरपालिका–१० बेत्रावतीस्थित उत्तरगया मिनी मार्ट रहेको घरबाट शवहरू निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रहरीका अनुसार हाल निकालिएका शवको मुचुल्का तयार गरी पहिचान गर्ने काम भइरहेको छ। अहिलेसम्म शवको सनाखत हुन नसकेको जनाइएको छ।
खोज तथा उद्धार कार्य अझै जारी रहेको र अन्य स्थानमा पनि खोजी गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। मुचुल्काको प्रक्रिया पूरा भएपछि शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइनेछ।
१० भदौमा आएको विनाशकारी बाढीले रसुवा हुँदै नुवाकोटसम्म ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो ।



