November 3, 2026

कर्णालीमा नेकपा–एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

कर्णालीमा नेकपा–एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । दुई दलका प्रदेश संसदीय दलबीच बुधबार सत्ता सहकार्यका लागि ६ बुँदे सहमति भएको हो ।

सहमति अनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने भएका छन् ।

नेकपाको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परेको छ ।

एमालेले भने आर्थिक मामिला तथा योजना, सामाजिक विकास तथा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय सम्हाल्ने सहमति भएको छ ।

सहमति अनुसार नयाँ नीति तथा कार्यक्रम, मनोनयन र नियुक्तिका काम दुवै दलको आपसी सहमतिमा मात्र अघि बढाइनेछ । प्रदेश सरकारलाई सुशासन, मितव्ययिता र पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता पनि दुवै दलले जनाएका छन् ।

त्यस्तै प्रशासनिक संरचना सुधारका लागि यसअघि गरिएका निर्णय कार्यान्वयन गर्दै बाँकी कामलाई निरन्तरता दिने सहमति भएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै