November 3, 2026

एमालेमा पुनर्गठन होइन, पुनर्जागरण आवश्यक : केपी ओली

एमालेमा पुनर्गठन होइन, पुनर्जागरण आवश्यक : केपी ओली

काठमाडौँ, ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अहिले पुनर्गठन नभई पुनर्जागरण आवश्यक रहेको बताएका छन्।

झापा एमालेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास स्वीकार्य नहुने बताए।

उनले नेतृत्व परिवर्तनलाई मात्र पार्टी पुनर्गठन भन्न नमिल्ने भन्दै नीति, लक्ष्य र कार्यक्रम परिवर्तनलाई मात्र वास्तविक पुनर्गठनका रूपमा बुझ्नुपर्ने बताए।

ओलीले आफूले विगतमा पटक–पटक पार्टी जोगाएको दाबी गर्दै आफ्नो नेतृत्वमाथि प्रश्न उठाउने गतिविधिको विरोध गरे।

पार्टी सदस्यभन्दा कम मत आएकोप्रति असन्तुष्टि जनाउँदै उनले पार्टीलाई मत नदिने सदस्यको सदस्यता नवीकरण नगर्न निर्देशन दिए। पार्टीबाट अवसर पाएर पनि असन्तुष्टि जनाउनेहरूप्रति कटाक्ष गर्दै ओलीले उनीहरूलाई ‘किर्ना’को संज्ञासमेत दिए।

पार्टीभित्र लोकतन्त्र रहेको दाबी गर्दै ओलीले एमालेमा कोही मालिक र कोही दास नरहेको बताए।

सम्बन्धित खबरहरु

भर्खरै