काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले डा. खत्रीलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
यसअघि श्रीकृष्ण गिरीलाई आयोगको कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित आयोगका केही पदाधिकारी पदमुक्त भएका थिए । त्यसयता रिक्त रहेको उपाध्यक्ष पदमा सरकारले डा. देवेन्द्र खत्रीलाई नियुक्त गरेको हो ।
नवनियुक्त उपाध्यक्ष खत्रीको नेतृत्वमा चिकित्सा शिक्षा आयोगका नीति, नियमन तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।







