ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरको पहिलो साहित्यिक संस्था ‘महालक्ष्मी साहित्य समाज’को तेस्रो अधिवेशन सम्पन्न भएको छ। महालक्ष्मी नगरपालिका वडा नम्बर ९ को कार्यालय भवनमा आयोजित उक्त अधिवेशन एक समारोहबीच भव्य रूपमा सम्पन्न भएको हो।
वि.सं. २०७९ सालमा दर्ता भई संस्थागत साहित्यको श्रीवृद्धि गर्ने उद्देश्यसहित स्थापना भएको समाजले स्थापना कालदेखि नै नियमित साहित्यिक श्रृङ्खला, पुस्तक प्रकाशन तथा स्रष्टा सम्मानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
लेखक तथा कविहरूको बृहत् भेलाबाट सम्पन्न अधिवेशनले समाजको अध्यक्षमा विनोद खत्री ‘आकाश’लाई चयन गरेको छ। खत्रीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा जुमन किरण, सचिवमा निरा श्रेष्ठ र कोषाध्यक्षमा रूविना राना चयन भएका छन्। यसैगरी सदस्यहरूमा पुष्कर थापा, सुमन घिमिरे, महेश गौतम, विष्णु थापा, होमनाथ खत्री र राजाराम राउत सर्वसम्मत रूपमा चयन भएका छन्।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने जनाइएको छ।







