September 20, 2026

विपिन जोशीका परिवारलाई सरकारले१० लाख सहयोग गर्ने

विपिन जोशीका परिवारलाई सरकारले१० लाख सहयोग गर्ने

काठमाडौँ । इजरायलमा अध्ययनका क्रममा ज्यान विपिन जोशीको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को गत २ वैशाखमा बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यस निर्णयलाई विदेशमा रहेका नेपालीको सुरक्षाप्रति राज्यको चासो र दायित्वसँग जोडेर हेरिएको छ । यस्ता घटनामा परेका नागरिकका परिवारलाई राहत उपलब्ध गराउने अभ्यासलाई सरकारले निरन्तरता दिएको छ।

सरकारको यो निर्णयले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ भने विदेशमा रहेका नेपालीको सुरक्षाबारे थप बहससमेत हुने देखिएको छ।

यसअघि सरकारले मन्त्रिपरिषद् बैठकका सीमित निर्णयहरू मात्र सार्वजनिक गर्ने गरेको थियो भने आज विगतका निर्णयहरू समेत एकैपटक सार्वजनिक गरिएको छ।

सम्बन्धित खबरहरु