काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ९ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ।
पार्टीले विभिन्न समावेशी समूहलाई समेट्दै समानुपातिक सांसदका लागि नाम पठाएको पनि मुस्लिम क्लष्टर शून्य रहेको छ ।
खस–आर्य समूहबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गता समूहबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा तथा थारू समूहबाट निराशा चौधरी डगौरा सिफारिस भएका छन् । े मुस्लिम पुरुषतर्फ १ मा ताज महम्मद मियाँ भए पनि उनि सिफारिस भएनन् ।
नेकपाले सिफारिस गरेका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि उनीहरू समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्यको रूपमा निर्वाचित हुनेछन्। आयोगको स्वीकृतिपछि उनीहरूले औपचारिक रूपमा प्रमाणपत्र प्राप्त गर्नेछन्।







