काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
ओलीलाई स्वास्थ्यमा समस्या देखिएपछि राति भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पताल लगिएको थियो । उनकाे अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
अन्त्येष्टिअघि श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, परिवारका सदस्य तथा आफन्तहरू उपस्थित भएका थिए।







