काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगको निर्णयपछि सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि सो कुरा बताएका हुन् ।
उनले फेसबुक लाईभमार्फत् आफूहरुले कसैलाई काखा कसैलाई पाखा नगरी सबैलाई समेटेर अघि बढ्ने बताए । ‘हामी सबैलाई समेट्नेछौँ । हामीसँग कोही रिसाउनुभएको छ भने पनि हामी सबैलाई समेटेर अघि बढ्न चाहान्छौँ,’ उनले भनेका छन् ।







