September 20, 2026

सिमलताल दुर्घटनाः बेपत्ता गणपति डिलक्स बस भेटियो

सिमलताल दुर्घटनाः बेपत्ता गणपति डिलक्स बस भेटियो

काठमाडौं । सिमलताल दुर्घटनामा बेपत्ता भएका बसमध्ये एक, वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको गणपति डिलक्सको भग्नावशेष त्रिशूली नदीको तनहुँतर्फ फेला परेको छ।

तनहुँका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार, बागमती प्रदेश–०३–०१ ख २४९५ नम्बरको गणपति बसको भग्नावशेष उक्त स्थानमा भेटिएको हो।

उक्त बस २०८१ असार २८ गते सिमलतालमा दुर्घटनामा परी बेपत्ता भएको थियो। अहिले थप अनुसन्धान र उत्खनन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबरहरु