September 20, 2026

चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीलाई आइएनएनएफद्वारा सम्मान

चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीलाई आइएनएनएफद्वारा सम्मान

काठमाडौं । नेपाल सरकारबाट चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर (आइएनएनएफ) ले बधाई तथा शुभकामना प्रदान गरेको छ।

राजधानीमा आयोजित कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो । सुवेदी गत शुक्रबार सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयद्वारा बोर्ड सदस्यमा नियुक्त भएका थिए । उनी विगत २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् ।

कार्यक्रममा आइएनएनएफका अध्यक्ष लव प्याकुरेलले हालको चलचित्र उद्योगमा उठेका विविध प्रश्नहरूप्रति संकेत गर्दै सुवेदीको नियुक्तिबाट उद्योगमा नयाँ ऊर्जा आउने विश्वास व्यक्त गरेका थिए ।

नवनियुक्त सदस्य सुवेदीले चलचित्र ऐन निर्माणको क्रममा आमचलचित्रकर्मीलाई समेट्ने स्पष्ट परिभाषा आवश्यक भएको उल्लेख गर्दै, बोर्डले यसतर्फ ध्यान दिने बताए ।

कार्यक्रममा आइएनएनएफका वरिष्ठ उपाध्यक्ष मानबहादुर थापा, लेखक भीष्मराज फुलारा, निर्माता मधु अधिकारी, प्राविधिक अच्युत बजगाईं, संगीतकार राजेन्द्र बजगाईंलगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबरहरु