September 20, 2026

जसपा नेपालद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जसपा नेपालद्वारा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

ललितपुर । जनता समाजवादी पार्टी नेपालको नेवा राष्ट्रिय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। मंगलबार ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा विभिन्न समुदायका महिला, पुरुष र युवायुवतीहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका गरेका हुन् । कार्यक्रमको अध्यक्षता नेवा राष्ट्रिय समितिका अध्यक्ष राकेश श्रेष्ठले गरेका थिए भने पार्टीका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्य प्रमुख अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष विद्युत् बज्राचार्यले उपत्यकाको नेवा संस्कृतिमाथि पटक–पटक भएको शासकीय हस्तक्षेप र जबर्जस्ती हिन्दूकरणको विरोध गर्दै आफ्नो जातीय पहिचान, संस्कृति र धर्मको संरक्षणका लागि नेवार समुदायले राजनीतिक सक्रियता बढाउनुपर्ने आवश्यकता औंल्याए। पार्टीका केन्द्रीय सचिव लिला सिटौलाले ‘जस्तो समाज, त्यस्तै व्यवस्था’ भन्ने मूल मन्त्रसहित सबै जाति, भाषा र क्षेत्रको अधिकार सुनिश्चित गर्ने पार्टीको नीति रहेको उल्लेख गरे।

समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले मधेसको संघर्षपश्चात प्राप्त पहिचानलाई उदाहरण दिँदै, बागमती प्रदेशको नाम परिवर्तन गरी ‘नेवा ताम्सालिङ’राख्नको लागि आन्दोलनमा सक्रिय सहभागी हुन आग्रह गरिन् । कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य सन्तोष सिलवाल, प्रदीप घताल, सल्लाहकार परिषद् सदस्य शारदा बज्राचार्य, ललितपुर जिल्ला अध्यक्ष कर्म महर्जन लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सम्बन्धित खबरहरु