September 20, 2026

स्वस्थ जीवनशैलीका लागि जनचेतना आवश्यक : कुलपति राई

स्वस्थ जीवनशैलीका लागि जनचेतना आवश्यक : कुलपति राई

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल विद्यावारिधि संघको सहकार्यमा ‘हाम्रो जीवनशैलीको रूपान्तरण : स्वास्थ्य र कल्याणतर्फको यात्रा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ।

गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्यलाई मानव विकास सूचकांकसँग जोडिएको महत्त्वपूर्ण पक्षको रूपमा उल्लेख गरे । उनले पछिल्लो समय स्वास्थ्यप्रति दृष्टिकोण कमजोर हुँदै गएको र नियमन नभएको प्रवृत्तिका कारण चुनौतीहरू बढेको बताए । सामाजिक सञ्जाल र प्रविधिको अनियन्त्रित प्रयोगले नयाँ पुस्ता मानसिक रूपमा अस्वस्थ बन्दै गएको उल्लेख गर्दै यस्तो अवस्थालाई सचेतनाबाट मात्र सुधार गर्न सकिने धारणा व्यक्त गरे।

गोष्ठीमा डा. चिन्तामणि गौतमले ”Empower Your Health: Through Yoga and Mindful Living”, डा. कल्पना तिवारीले” Healthy food for healthy life” र इन्जिनियर करुणा अमात्यले “Stress Management for Transforming Our Lifestyle” का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्र माथि सहभागीहरूबीच छलफल तथा विमर्श भएको थियो ।

नेपाल विद्यावारिधि संघका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठले कार्यक्रमको औचित्यबारे प्रष्ट धारणा राखे । कार्यक्रममा डा. माला कुँवर खरेलले धन्यवाद ज्ञापन गरिन् भने कार्यक्रमको सहजीकरण संघकी महासचिव डा. सुन्दरी पोखरेलले गरिन् ।

सम्बन्धित खबरहरु