September 16, 2026

हमास समूहका नेता याह्या सिनवार इजरायली आक्रमणमा मारिए

हमास समूहका नेता याह्या सिनवार इजरायली आक्रमणमा मारिए

एजेन्सी । गाजास्थित हमास समूहका नेता याह्या सिनवार इजरायली आक्रमणमा मारिएका छन्।

गत वर्षको अक्टोबर ७ मा इजरायलमा हमास समूहले गरेको आक्रमणका मुख्य योजनाकार मानिने सिनवार मारिएको पुष्टि भएको हो। सिनवार लामो समयदेखि भूमिगतरूपमा सुरक्षित थिए। अहिले उनी मारिएको पुष्टि भएपछि इजरायलले आफ्नो आक्रमण सफल भएको बताएको छ।

गत वर्ष हमास समूहका लडाकु विभिन्न बाटोबाट इजरायलमा प्रवेश गरी गरेको आक्रमणमा नेपाली १० नेपाली विद्यार्थीसहित एक हजार २०० भन्दा बढीको मृत्यु भएको थियो।

हमासले नेपालका विपिन जोशीसहित इजरायली र अन्य विदेशी गरी साढे २०० जनालाई बन्धक बनाएको थियो। यो एक वर्षको बिचमा इजरायलले हमास कमाण्डर लक्षित आक्रमणलाई तीव्रता दिएको थियो, जसमा ४१ हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै