September 8, 2024

शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध नलगाइने

शेख हसिनाको अवामी लिगमाथि प्रतिबन्ध नलगाइने

एजेन्सी । बङ्गलादेशका गृहमन्त्रीले पूर्व प्रधानमन्त्री शेख हसिनाकाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध नलगाइने बताएका छन्।

अन्तरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताएका हुन्।

‘आवामी लिग पार्टीले बङ्गलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,’ हुसेनले भने, ‘निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ।’

गृहमन्त्रीको यो भनाइ बङ्गलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो।

आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ गएकी थिइन्।

पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उहाँका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content