September 7, 2024

बंगलादेशमा संसद् विघटन

बंगलादेशमा संसद् विघटन

एजेन्सी । बंगलादेशका राष्ट्रपति मोहम्द शाहबुद्दिनले मंगलबार संसद् विघटन गरेका छन्।

राष्ट्रपति शाहबुद्दिनले बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा संसद् विघटन गरिएको बताएका छन्।

मंगलबार नै विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको समेत जनाइएको छ। सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा शुरु भएको विद्यार्थी आन्दोलनका क्रममा करिव तीन सय जनाको ज्यान गएको थियो।

सरकारको नेतृत्व गरेकी शेख हसिनाले सोमबार देश छाडेकी थिइन्। संसद विघटनपछि अन्तरिम सरकार गठन गरी नयाँ निर्बाचन घोषणा गरिने आँकलन गरिएको छ।

 

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content