टेकनाथ नेपाल
आँखा भरि आँशु बोकेर
बिहान उठ्ने वित्तिकै
पापा भन्ने शब्दलाई छोडेर
मुटु भित्र राखेर हिड्दै छु
हिड्दै छु हावामा उड्दै छु
बादलमा हराउँदै छु
समुन्द्र तर्दै छु
खोलानाला, हिमाल, पहाड,
तराईका फाँटहरुलाई छोडेर
तिम्रो बुथुरी शब्दलाई
जीवन भर साथ दिनेछु
तिम्रो तोते बोली
मेरा कानमा गुन्जी रहेका छन्
तिम्रै धरान, धनकुटा, सिन्धुली शब्द
मेरो मन मुटु भित्र
धड्कन दिइरहेका छन्
तिम्रो मिठो बोली मलाई
कति खेर सुनौ सुनौ लाग्दछ
तिमी जाहाँ भए पनि
तिम्रो पापालाई
हिमालकी सुन्दरी
पहाडकी मैना चरी
तराईकी हिमानी जस्र्तै बनाएर
राख्न मन लाग्दछ
त्यसैले नी त
ती तिम्रा शब्द स्वरले मलाई
कवि बनायो
त्यसैले नी त
तिम्रा मिठो आवाजले
मलाई गितकार बनायो
त्यसैले नी त
तिम्रा प्रत्येक दिनका
नयाँ नयाँ प्रेम गर्ने शब्दले
मलाई गजलकार बनायो ।