विराटनगर । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।
जिल्ला कारागार मोरङका अनुसार थापालाई उपचारका कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।
खाना खाएर बसेका बेला मंगलबार बिहान ११ः४५ बजेतिर अचानक बेहोस भएर थापा ढलेका थिए ।
मृतक थापालाई मुटु रोग सम्बन्धी पुरानै समस्या रहेको र यसअघि पनि उपचारका लागि बारम्बार अस्पताल लैजाने गरिएको उनले नियमित औषधि सेवन गरिहरको थिए ।
थापालाई लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङले २०८० फागुन १० गते दोषी ठहर गरेको हो । अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो ।