February 16, 2025

उपत्यका ब्यापि जुनियर उसु प्रतियोगिता सम्पन्न

उपत्यका ब्यापि जुनियर उसु प्रतियोगिता सम्पन्न

काठमाडौं । जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको सहयोगमा बैशाख २९ र ३० गतेसम्म संचालन भएको तेस्रो उपत्यका ब्यापि खुल्ला जुनियर उसु प्रतियोगिता सम्पन्न भएको छ।

१६ स्वर्ण पदकका लागि १८ उसु क्वानका करिब १७० भन्दा बढि खेलाडि सहभागी रहेको जोरपाटी उसु क्वानका अध्यक्ष तथा प्रतियोगिता संयोजक नारायण श्रेष्ठ ज्युले जानकारी दिए ।

कार्यक्रमका उद्घाटन समारोहका प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय सन्तोष चालिसे ज्युले दिप प्रज्वलन गरि उसु प्रमुख प्रशिक्षक फत्त बहादुर लामा ज्युलाई खेल सामग्री दिएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय शान्ती श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य माननीय बिमल ठकुरी, बागमती प्रदेश सभा सदस्य माननीय छिरिङ्ग दोर्जे लामा, गो.न.पा. वार्ड न. ६ का वडा अध्यक्ष नवराज लामा, गो.न.पा युवा तथा खे.बि.स. अध्यक्ष संजय लामा, नेपाल उसु महासंघ उपमहासचिब राजिव महर्जन, उसुका वरिष्ठ प्रशिक्षक ज्युहरु लगायत अन्य समाज सेवि तथा विशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

प्रतियोगितामा ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै किन्डर गार्टेन उसु क्वान टिम प्रथम, ४ स्वर्ण, ४ रजत र २ कास्य सहित बुद्ध प्रकाश उसु क्वान दोस्रो र ३ स्वर्ण १ रजत जित्दै पशुपति उसु क्वान तेस्रो भएको छ ।

प्रतियोगितामा थाओलु तर्फ पुरुष बुद्ध प्रकाशका समीर बस्नेत, महिलामा किन्डर गार्टेनकी बिपना तामाङ र सान्दा पुरुष तर्फ पशुपति उसु क्वानका अरुन सुनार महिलामा बुद्ध प्रकाशकी सारा तामाङ उत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगिताको समापनका प्रमुख अतिथि गोकर्नेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाल ज्युले पदक बिजेता खेलाडीहरुलाई पदक तथा प्रमाण वितरण गरे । उनले विजेता टिम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै खेलकुद विकासमा सधै लागि रहने बताए ।

उसु मुख्य प्रशिक्षक फत्त बहादुर लामा तथा नेपाल उसु महासंघका उपमहासचिव राजिव महर्जनले प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई पदक तथा प्रमाण पत्र वितरण गरेका छन् । सम्पुर्ण खेल अन्तर्राष्ट्रिय उसु नियममा संचालन गरिएको प्राविधिक संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु