November 1, 2024

समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्को राष्ट्रिय भेला सम्पन्न

समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्को राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । जनसांस्कृतिक महासङ्घ, नेपाल अन्तर्गत समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । गैरीगाउँ तीनकुनेस्थित अन्नपूर्ण विनायक स्कुलमा बुधबार भेला सम्पन्न भएकहो हो । भेलाले नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

मजदुर दिवसको अवसरमा भएको सो कार्यक्रममा जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज कमरेड ईश्वरचन्द्र ज्ञवालीको प्रमुख आतिथ्यमा विशिष्ट अतिथिहरूमा जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल र कार्यवाहक अध्यक्ष भीम कुमाखी, अतिथिहरूमा जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्षहरू केशव सिलवाल, राकेश किराती, डम्बरबहादुर रोकाया, जनसांस्कृतिक महासङ्घ, नेपाल प्रदेश नं. १ का अध्यक्ष चेतनाथ धमला लगायतको उपस्थिति थियो । उद्घाटन शत्र अध्यक्ष धर्मेश पोखरेलको सभापतित्व र महासचिव लालबाबु लाल कर्णको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि ज्ञवालीले यस सङ्गठनको महत्त्वमाथि प्रकाश पार्दै समाजको सभ्यता र संस्कृतिको गहन अध्ययन गर्ने मान्छेहरू थोरै हुन्छन् । यस सङ्गठनले कति गहिराइमा गएर कति गुणस्तरीय अध्ययन अनुसन्धान गर्छ भन्ने विषय प्रधान हुने कुरामा जोड दिए । उनले नेपालमा इतिहासको गहन अध्ययन गर्ने चलन कम छ भन्दै त्रिभुवन विश्वविद्यालय इतिहास विभागमा इतिहास विषयका प्राध्यापकहरू १६ जना तर विद्यार्थी १ जना भएको कुरा उल्लेख गरे । इतिहासको सही अध्ययन विना वर्तमानलाई सही रूपमा बुझ्न नसकिने बताउँदै माओले इतिहासको अध्ययन विना वर्तमानको प्रवृत्ति थाहा पाएर मूल्याङ्कन गर्न र अघि बढ्न सकिंदैन भनेको कुरा सम्झाए । यस सङ्गठनले इतिहास र समाजशास्त्रको विषयमा गोष्ठी गरेर कार्यपत्र लेखेर लेख रचनाहरू लेखेर आम मानिसलाई जागरुक बनाउन नेपाली इतिहासलाई जनतासम्म पु¥याउनुपर्ने बताए ।

बन्द शत्रको कार्यक्रममा अध्यक्ष मण्डलको अध्यक्ष जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्ष राकेश किरातीको अध्यक्षतामा महासङ्घका उपाध्यक्षहरू केशव सिलवाल र डम्बरबहादुर रोकाया सदस्य रहेका थियो । यस शत्रको प्रमुख अतिथि जनसांस्कृतिक महासङ्घ, नेपालका कार्यवाहक अध्यक्ष भीम कुमाखी रहेका थियो । अध्यक्ष मण्डलका सदस्य केशव सिलवालले कार्यक्रमको सञ्चालन गरे । बन्द शत्रमा वरिष्ठ उपाध्यक्ष राम घिसिङले विधान र महासचिव लालबाबु लाल कर्णले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विधान र प्रतिवेदनमा व्यापक छलफलपछि भेलाले सर्वसम्मत रूपमा पारित गरेको थियो । नेतृत्व चयनमा प्रस्तावित नामहरूमाथि छलफल भएर सर्वसम्मत रूपले नेतृत्व चयन ग¥यो । भेलाले राम घिसिङको नेतृत्वमा ३५ सदस्यीय कार्य समिति निर्वाचित ग¥यो । जस अनुसार अध्यक्षमा राम घिसिङ, उपाध्यक्षहरूमा सुरेन्द्र यादव, विनोदकुमार यादव, फूलकुमारी योञ्जन, डा. यादेवी ढकाल, वासुदेव ज्ञवाली, धनसिंह धामी, कोपिलादेवी शर्मा ‘कल्प’, महासचिवमा लालबाबु लाल कर्ण, सचिवहरूमा इन्द्रसुर बेलटारे, विपिन दाहाल, सानुमाया मोक्तान, निमेश पोखरेल, दिपेशराज पन्त, डोल्मा शेर्पा, वीरबहादुर सिंह, कोषाध्यक्षमा सुकमाया तामाङ, सह कोषाध्यक्षमा लक्ष्मी पुरी, सदस्यहरूमा वसन्त मोक्तान, शिशिर मोक्तान, शान्ति ब्लोन, शारदा कुमारी, मेघनाथ बास्तोला, रुक्मिणी जोशी, वीरेन्द्र साउद, टङ्क थापा, देवकुमार राई, शिव महतो, कुमारसिंह राई, शालिनी मल्लिक, रमिता लामा, देवेन्द्र झा, नरेश खनाल, विष्णु विष्ट र मुकुन्द पोखरेल रहेका छन् ।

बन्द शत्रको कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै प्रमुख अतिथि जनसांस्कृतिक महासङ्घ, नेपालका कार्यवाहक अध्यक्ष कुमाखीले भावी दिनमा सङ्ख्यात्मक र गुणात्मक दुबै रूपमा सङ्गठन निर्माण गर्नुपर्ने कुरामा जोड दिए । उनले सङ्गठन प्रदेश, जिल्ला, स्थानीय तहसम्म हुनुपर्ने कुरा थप्दै महासङ्घको राष्ट्रिय सम्मेलनअघि सदस्यता वितरण र सङ्गठनलाई सक्रिय पार्नुपर्ने विषय औंल्याए । त्यसैगरी यस शत्रमा निवर्तमान अध्यक्ष धर्मेश पोखरेल, अतिथिहरू महासङ्घका प्रदेश नं. १ अध्यक्ष चेतनाथ धमला, महासङ्घका उपाध्यक्ष द्वय डम्बरबहादुर रोकाया, राकेश किराती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सम्बन्धित खबरहरु

Skip to content