काठमाडौं । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।
त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको थियो ।
घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका जनाएको छ ।