November 13, 2024

साहित्यिकले नेपाल–भारतको सम्बन्ध सुमधुर बनाएको छ : कुलपति राई

साहित्यिकले नेपाल–भारतको सम्बन्ध सुमधुर बनाएको छ : कुलपति राई

काठमाण्डौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल–भारतको सम्बन्ध सहित्यले सुमधुर बनाएको बताएका छन् । नेपाल–भारत पुस्तकालय, न्यूरोडमा नेपाल भारत साहित्यिक समारोह तथा सामूहिक पुस्तक विमोचन र लघुकथा वाचन कार्यक्रममा बोल्दै नेपाल र भारतको सदियौँ देखिको राजनीतिक, भौगोलिक, कुटनीतिक, सांस्कृतिक सम्बन्ध रहेपनि यस्ता साहित्यिक कार्यक्रमले यदाकदा भएका राजनीतिक र भौगोलिक तिक्तकालाई नास गरेर सम्बन्ध सुमधुर बनाउने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि क्ुलपति राईले भारतीय साहित्यकार डा. स्वेता दीप्तीको ‘टुकडोंमे बटी जिन्दगी’, कहानी सङ्ग्रह (लघुकथा र कथा मिश्रित) विमोचन गर्दै उनको लघुकथाले आजको आख्यानमा प्रभावकारी भूमिका खेलेको बदाउँदै डा.स्वेता दीप्तीको टुकडोंमे बटी जिन्दगीले पाठकको भावनालाई आत्मसात् गरेको बताएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि तथा लघुकथा केन्द्रका अध्यक्ष लता केसीले नेपाली लघुकथाको अवस्थाबारे चर्चा गर्दै साहित्यको क्षेत्रमा आजको समय भनेको लघुकथाको समय भएको बताए ।
यसैगरी नेपाली भाषामा नारायण तिवारी, लता केसी, रवीन्द्र तिमल्सिना, नेपाल भाषामा स्नेह सायमि तथा हिन्दी भाषामा भारतका डा. स्वेता र डा.आसावरी बापटले लघुकथा वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेपाल भारत दूतावास, काठमाडौँका सत्येन्द्र दहियाले गरेका थिए भने यस समारोहका अध्यक्ष स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँका डाइरेक्टर डा. आसावरी बापटले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content