September 16, 2026

पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

पूर्वसभामुख महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोतका जनाएको छ ।

आयोगले महराको बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेप मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै