बाँके । सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भएको छ । कुलपति राईले लगभग एक दर्जन कविता वाचन गरेका छन् । वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना, पहिचान, मुक्ति र अग्रगमनका स्वरहरू रहेका छन् ।
कार्यक्रमको ज्ञानोदय सामुदायिक पुस्तकालयको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा कोहलपुरका साहित्यकार, बुद्विजीवि तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कुलपति राईद्वारा सांस्कृतिक सत्ता र समताको लागि भन्ने अभियान अन्तर्गतको एकल कविता वाचनको यो चौथो शृङ्खला हो । चितवनबाट सुरु भएको यो अभियान युएसएको बोस्टन र नर्थ क्यारोलिनामा दोस्रो र तेस्रो शृङ्खला सम्पन्न भएको थियो । यो भन्दा अगाडि प्रज्ञा (प्रतिष्ठानको साहित्य गद्य विभागद्वारा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय आख्यान महोत्सव कोहलपुरमा र सुदुर पश्चिमप्रदेशस्तरीय आख्यान महोत्सव धनगढीमा सम्पन्न गरी कुलपति राई एकल कविता वाचनमा उपस्थित भएका थिए ।