काठमाडौं । काठमाडौको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको सेमि कभर्डहलमा सम्पन्न भएको प्रथम भद्रकाली खुल्ला जुनियर उसु प्रतियोगितामा थाओलु तर्फ उत्कृष्ट पुरुष खेलाडी पशुपति उसु क्वानका दिपेश पोख्रेल भएका छन् ।
करिब १५० भन्दा बढि खेलाडीहरुले सहभागि प्रतियोगितामा महिला किन्डर गार्डेनकि बिपना तामाङ्ग, सान्दा उत्कृष्ट पुरुष काठमाडौ उसु क्वानका अरुन सुनार र महिला द वारियर उसु क्वानकी सारा तामाङ्ग उत्कृष्ट खेलाडी भएको कार्यक्रम संयोजक अमर बहादुर पुलामी मगरले जानकारी दिए ।
त्यस्तै जोरपाटी उसु क्वानका देछेन लामा र द वारियर उसु क्वानका आशिष लामा उदयमान खेलाडी चुनिए । सत्र स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित किण्डरगार्टेन स्कुल टिम प्रथम भएको छ ।
त्यस्तै ४ स्वर्ण, ४ रजत र १ कास्य सहित काठमाडौ उसु क्वान दोस्रो र ३ स्वर्ण, २ रजत र १ कास्य सहित द वारियर उसु क्वान टिम तृतिय भएको छ ।
भद्रकाली उसु क्वानद्वारा आयोजित उक्त प्रतियोगिता राखेप मिनि कभर्डहलमा फाल्गुन १७ र १८ गते चलेको प्रतियोगितामा समापन कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य प्रकश कुसारी ज्यु, उसु खेलका मुख्य प्रशिक्षक फत्त बहादुर लामा ज्यु, प्रशिक्षक लगायतले बिजेता खेलाडिहरुलार्र्र्इ मेडल तथा प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।