काठमाडौँ । जनसार्क समन्वय मञ्च नेपालको सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। मञ्चका सभापति हरि बहादुर बिसीको सभापतित्वमा शनिबार काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको हो ।
सभामा मञ्चका महासचिव सन्तोष कुमार घिमिरेले आ.व. २०७९।०८० को सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष दिन दया रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् । मञ्चका सचिव भारत ढकालले मञ्चका आगामी प्रस्तावहरु गरेका छन् । सभाले सचिव ढकालले पेश गरेका प्रस्तावमा सर्वसम्मतिले पारित गरेको छ ।
मञ्चका सभापति बिसीले नेपालको समसामायिक गतिविधिका बारेमा जानकारी गराउँदै सार्क राष्ट्रबीच आपसी सम्बन्ध तथा समझदारी कायम राख्ने बताए । उनले सार्क राष्ट्रहरुबिच कृषि, यातायात, पर्यटन तथा वातावरण संरक्षण लगायतका बिषयमा सहकार्य गर्न सकिने बताए ।
महासचिव घिमिरेले जनसार्क समन्वय मञ्चको सम्मेलन आगामी बर्षको भारतको सिमलामा हुने बताए ।