ओखलढुंगा । मोलुङ गाउँपालिका ५ को ओखरबोटस्थित आज दिउँसो स्कारपिओ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।
मोलुङ हाइड्रोपावर कम्पनीका कर्मचारी लिएर प्राप्चाबाट खोलाखर्क जाँदै गरेको स्कार्पिओ दुर्घटनामा परेको हो । दुर्घटनामा स्कारपिओ चालक मोरङको पथरीका २६ वर्षीय गणेश रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दुर्घटनामा परी तेह्रथुमको मेन्छयाम गाउँपालिका ५ का ३२ वर्षीय यज्ञप्रसाद निरौला, भक्तपुरको सल्लाघारी बस्ने ३८ वर्षीय मित्रलाल भुर्तेल, सिन्धुलीका ४५ वर्षीय सन्देश कार्की, मोलुङ गाउँपालिका ५ बस्नेत ४० वर्षीय कुमार कार्की र सुनसरीको रामधुनी नगरपालिका ४ का ३२ वर्षीय अर्जुन दाहाल घाइते भएका छन् ।
घाइतेमध्ये मित्रलाल भुर्तेल, सन्देश कार्की र कुमार कार्की गम्भीर रहेको र उपचारको लागि फिस्टेल हेलिकोप्टरबाट काठमाडौँको हेम्स अस्पताल पठाइएको प्रहरी जनाएको छ ।
बा २० च ४८६२ न. को स्कारपिओ ट्रनिङ काट्ने क्रममा अनियन्त्रित भई सडकबाट १०० फिट तल झरेरको थियो ।