December 11, 2024

झापामा ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न

झापामा ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम सम्पन्न

झापा। सांस्कृतिक सत्ता र समताको लागि भन्ने अभियानको पछिल्लो शृङ्खला अन्तर्गत पहिलोपटक ‘विद्यार्थीसँग कुलपति’ कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई झापाको कन्काइ माध्यमिक विद्यालय सुरुङ्गामा सम्पन्न भएको छ । कार्यक्रम शैक्षिक पठनपाठन, पाठ्‌‌यसामग्री र पठन संस्कृतिसँग नेपाल प्रज्ञा–प्रतिष्ठनलाई जोड्‌ने उद्देश्यले कन्काइ माध्यमिक विद्यालय सुरुङ्गाले भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख, शिक्षक, अभिभावक र विद्यार्थीले समेत कुलपति राईलाई प्रज्ञा–प्रतिष्ठानको महत्त्व र भूमिकाबारे अन्तरक्रिया भएको थियो । कुलपति राईले नियुक्ति हुनासाथ पाठ्‌यक्रम निर्माणका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानको संलग्नता हुन जरूरी रहेको बताए ।

यसैगरी पाठ्‌‌यक्रम निर्माण गर्ने कार्य प्राज्ञिककर्म भएकाले प्रज्ञा–प्रतिष्ठान त्यस कार्यमा अनिवार्य जोडिनु पर्छ भन्ने कुलपति राईको धारणा अनुरूप पहिलोचोटि झापाको सुरुङ्गामा ‘विद्यालयमा कुलपति’ भन्ने कार्यक्रम सञ्चालन गरिएको थियो।

यसै क्रममा अर्को शृङ्खलास्वरूप मनमाया स्मृति प्रतिष्ठानद्वारा ‘कुलपति साँझ’को कार्यक्रम आयोजना गरिएको छ । कुलपति राईका कविताहरू विभिन्न स्थानीय कविले वाचन गरेका थिए भने स्थानीय सङ्गीतकारहरूले उनको गीतका धूनहरू बजाएर कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम कुलपति राईकै एकल कवितावाचनसहित सुरु भएको ‘सांस्कृतिक सत्ता र समताको लागि’ भन्ने उद्घोष अन्तर्गतको पछिल्लो शृङ्खला हो ।

यसैगरी कमल गाउँपालिका स्थित फिनिक्स इङ्गलिस स्कुलले पनि विद्यार्थीसँग कुलपति कार्यक्रम सञ्चालन गरेको थिए । कार्यक्रममा स्कुलका विद्यार्थीहरूले कुलपति राईकै गीत गाएर, साहित्य र कलासम्बन्धी प्रश्न गरेर कुलपति राईसँग घनिभूत छलफल र संवाद गरेका थिए । तीनवटै कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य मुनाराज शेर्मा र सुमित्रा वाङ्देल चेली तथा प्राज्ञ प्रतिष्ठान साहित्य (मातृभाषा) विभागका सदस्य विराट किराती लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content