September 16, 2026

नक्कली भुटानी प्रकरणः सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा राख्ने उच्च अदालतको आदेश

नक्कली भुटानी प्रकरणः सर्वोच्चले माग्यो रायमाझी र पाण्डेलाई थुनामा राख्ने उच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेशको अदालत पाटनको आदेश माग गरेको छ ।

उच्च अदालतको आदेशविरुद्ध रायमाझी र पाण्डेले पुस १२ गते सर्वोच्चमा निवेदन दिएका थिए। सोमबार निवेदन उपर सुुनवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उच्च अदालतबाट भएको आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।

मंसिर १५ गते उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको थुनछेक आदेश सदर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँड भने ३० लाख धरौटीमा रिहा भएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै