February 10, 2025

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका सोती हत्याकाण्डमा रुकुम पश्चिम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत २३ जनालाई दोषी ठहर गरेको छ भने धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् ।

नवराज विककी प्रेमिका उनकी आमा र दाईलाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content