February 10, 2025

कुलपति राईद्वारा अमेरिकामा एकल कविता वाचन

कुलपति राईद्वारा अमेरिकामा एकल कविता वाचन

काठमाडौँ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अमेरिकाको बोस्टनमा एकल कविता वाचन गरेका छन् । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ ‘सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्वेश्यसहित कुलपति राईको एकल कविता वाचनको पहिल‍ो श्रृङ्खला चितवनबाट प्रारम्भ गरिएको थियो ।

यसै क्रमको दोस्रो श्रृङ्खला अमेरिकाको बोस्टनमा आफ्नो चर्चित कविता सङ्ग्रह ‘यारी’बाट कविता वाचन गरेका हुन् ।

यसै सिलसिलामा उनले भाषा, साहित्य, दर्शनशास्त्र ,सामाजिक शास्त्रलगायतका विधाको उत्खनन र प्रवर्द्धन गर्ने उद्वेश्यले २०१४ सालमा स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानमा अझै पनि आमूल परिवर्तन हुन सकेको बताउँदै जसको विद्यमान अवस्था उस्तै नै रहेको छ भन्दा अन्यथा लिनुनपर्ने धारणा राखेका छन् । उनले कतिपयलाई प्राज्ञ–प्रतिष्ठानको महत्त्व, उद्वेश्य र प्रभावकारिता थाहा भइनसकेको र त्यसलाई देश– विदेशसम्म पुर्याउने लक्ष्य राखेको बताएका छन् ।

कूलपति राईले नेपाल प्रज्ञा–प्रतिष्ठान संसारको जुनसुकै कुना भएपनि सम्पूर्ण नेपालीको साझा थलोको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनु बताए ।

यसैगरी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख बाबा बस्नेतले कविता वाचन, अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्वन पूजाले मनतव्य र अनेसास नेपाल च्याप्टरका पूर्व महासचिव ऋषभदेव घिमिरे र दिपा राईले पनि कविता वाचन गरेका छन् ।

कार्यक्रम अनेसास बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको छ । यस कार्यक्रममा बोस्टन, न्यू ह्याम्प्सायर र न्यूयोर्कबाट समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content