भूकम्पबाट मृत्यु हुनेकाे सङ्ख्या १ सय ३६ पुग्यो

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे सङ्ख्या १ सय ३६ पुगेकाे  छ । ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।

कृषि / उर्जा फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *