December 11, 2024

यूएईमाथि नेपालको शानदार जित 

यूएईमाथि नेपालको शानदार जित 

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतकाे चाैथाे खेलमा नेपालले यूएईलाई ५ विकेटले हराउदै शानदार जित हात पारेकाे छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको हो ।

यूएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल अगावै ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले शानदार अर्धशतक प्रहार गरे ।

सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई आशिफले कप्तान रोहित कुमार पौडेलसँग मिलेर उकासेका थिए ।

आसिफले ६२ रन बनाए भने रोहित ४७ रनको योगदान गरे ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सम्झन लायक इनिङ्स खेले । नेपाललाई जितसम्म डोर्याएका दीपेन्द्रले १५ बलमा अविजित ४० रनको योगदान गरे । जसमा ६ चौका र १ छक्का सामेल छ ।

यसअघि, नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।

वृत्त्या अरविन्द र बासिल हमिदले समान ४५ रन बनाएको भने असिफ खानले १८ रन बनाएका थिए । खालिद साहले १२ रन बनाए । अन्यको दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका सोमपाल कामी र रविनाश बोहराले समान २ तथा करन केसी र गुल्सन झाले समान १ विकेट लिए ।

एक खेल अगावै फाइनल पुगेको नेपालले लिग चरणमा सतप्रतिशत जित सहित ८ अंक जोडेको छ । यूएईको ३ खेलबाट २ अंक र हङकङ अंक विहीन छ ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो ।

सम्बन्धित खबरहरु

Skip to content