काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ गरेको नेपालले १४० रनको लक्ष्य पाएको थियो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले ४० बलमा ५ चौकासहित नेपालका लागि सर्वाधिक ५१ रन बनाए ।
पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए । ओपनर कुशल भुर्तेल १४ र आसिफ शेखले २३ रन बनाएको नेपालको इनिङ्समा कुशल मल्ल ११ रनमा आउट भएका थिए ।
यूएईका अल नासिर र निलांश केसवानीले समान एक–एक विकेट हात पारेका थिए ।
खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।
अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको जोडन सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक–एक विकेट हात पारे ।
टी ट्वान्टी विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ रहेका छन् ।
नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।