March 16, 2025

एसियाली खेलकुद : नेपाल भारतसँग २३ रनले पराजित

एसियाली खेलकुद : नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको हो ।

भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पराजित भए पनि नेपालले भारतलाई कडा चुनौती दिएको थियो । जवाफी ब्याटिङका क्रममा नेपालका ब्याटरले सानदार ब्याटिङ गरेका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी ३२ रन बनाए । १५ बल खेलेका उनले चार छक्का प्रहार गरे । यस्तै सन्दीप जोराले २९ रन बनाए । १२ बल खेलेका उनले तीन छक्का र एक चौका प्रहार गरे ।

कुशल भुर्तेल २८, कुशल मल्ल २९, करण केसीले १८ र आसिफ शेख १० रन बनाएर आउट भए । सोमपाल कामीले सात, सन्दीपले पाँच र कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।

भारतका लागि आवेश खान र रवि विष्णोईले समान तीन÷तीन विकेट लिए । यस्तै अर्शदीप सिंहले दुई विकेट लिए । साई किशोरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय रन बनाए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए ।

यस्तै भारतका लागि रिंकु सिंहले ३७ रन बनाए भने शिवम दुवे र रुतुराज गायकवाडले समान २५ रन बनाए । चार बल खेलेका जितेश शर्मा ५ रन बनाएर आउट भए भने १० बल खेलेका तिलक वर्मा २ रनमै आउट भए ।

नेपालका लागि दीपेन्द्रले दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक–एक विकेट लिए ।

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content