उसुमा समस्या बढाउन ओलम्पिक कमिटीको खराब भूमिका

काठमाडौं । नेपाल उसु महासङ्घले विज्ञप्ति जारी गर्दै उसु खेलको नाममा भएको गलत क्रियाकलापका बारे आपत्ति जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको जनक बर्तौला नेतृत्वको उसु महासङ्घले साधारण सभा गरेर अर्को निर्वाचित कमिटी गठन गरी सकेपछि गत महिना एक समूहले पुरानो बानेश्वर बत्तिस पुतलीमा भेला बसेर वीर बहादुर तामाङ अध्यक्ष रहेको नेपाल उसु महासङ्घ गठन भएको निर्णय गरेको थियो । त्यसको केही दिन अघि मात्र उच्च अदालत पाटनले बर्तौला नेतृत्वको महासङ्घको विरुद्धमा परेको रिट निवेदन खारेज गरेको थियो ।

यस सभामा उपस्थित कानुन मन्त्रीले नै अदालतको मान हानी गरेको उसु महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस अघि नै तामाङ अध्यक्षतामा रहेको उसु महासङ्घले मनोमानी गरेको आरोप सहित उसु कर्मीले राष्ट्रिय खेलकुद परिषद्मा आवाज उठाए पछि २०७९÷०९÷०५ मा बर्तौलाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । २०७९÷१२÷०४ मा सो तदर्थ समितिले गरेको निर्वाचनले बर्तौला नै अध्यक्ष रहने गरी कार्य समिति निर्वाचित गरेको थियो । अदालतको निर्णय पछि पनि नेपाल ओलम्पिक कमिटीले बर्तौलाको अध्यक्षतामा रहेको नेपाल उसु महासङ्घलाई वास्ता गरेको छैन ।

यसैगरी बर्तौला नेतृत्वमा चीनमा भएको प्रशिक्षणको फलस्वरूप विजय सिञ्जालीले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर केही व्यक्तिहरुले भ्रामक प्रचार–प्रसार गरेकोले महासङ्घले कसैलाई भ्रममा नपर्न आग्रह गरेको छ । महासंघले कमिटीलाई नेपालमा बर्तौला नेतृत्वको महासङ्घ रहेको जनाएको छ ।

खेलकुद फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *