धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-०५ स्थित माझिगाँउमा पिङ खेलने क्रममा लडेर एक बालककाे मृत्यु भएकाे छ । स्थानीय मदन खड्काको १० वर्षीय छोरा मन्दिप खडकाको घटनास्थलमा नै मृत्यु भएको हाे ।
बुधबार दिउँसो ४ बजेको समयमा घर नजिकै रहेको ईपिलको रुखमा जुटको डोरीको पिङ बनाई पिङ खेल्ने क्रमम अचानक लड्दा घट्नास्थलमा नै बालकको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घटना सम्बन्धि थप अनुसन्धान तथा कानुनी प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकाे छ ।