September 7, 2024

हास्यव्यङ्ग्यकार चट्याङलाई वासुदेव लुइँटेल पुरस्कार

हास्यव्यङ्ग्यकार चट्याङलाई वासुदेव लुइँटेल पुरस्कार

काठमाडौं । ‘वासुदेव लुइँटेल पुरस्कार’- २०७९ हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । नेपाली हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेव लुइँटेलको स्मृति दिवस  अवसरमा हरेक दुई वर्षमा प्रदान गरिँदै आएको  ‘वासुदेव लुइँटेल पुरस्कार’- २०७९ चट्याङ मास्टरलाई प्रदान गरिएकाे हाे ।

नेपाली नृत्यकलाका ओजश्वी र पाका व्यक्तित्व भैरवबहादुर थापाको प्रमुख आतिथ्य र शान्तदास मानन्धर, रोचक घिमिरे एवम् यादव खरेल विशिष्ट आतिथ्यमा प्रशासनिक प्रतिष्ठानको सभाकक्ष जाउलाखेलमा सम्पन्न भएको हो ।

सम्मान समारोहको आरम्भमै वासुदेव-विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यले अतिथि एवम् सबै आमन्त्रितहरूलाई स्वागत गर्दै श्रद्धेय पिता एवम् हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेवप्रति श्रद्धाभाव व्यक्त गरिन ।

प्रमुख अतिथि भैरवबहादुर थापाले वासुदेव लुइँटेलको छोपिएको तस्विर अनावरण गरि माल्यार्पण गरेपछि उद्घोषक सरोज घिमिरेले त्यही तस्विरका वासुदेवलाई समारोहको सभापति घोषणा गरेका थिए ।

वासुदेव-विद्यादेव लुइँटेल गुठीका उपाध्यक्ष डा. मुकेश चालिसेले गुठीका गतिविधिमााथि प्रकाश पारे ।

सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले यस वर्ष सम्मानित हास्यव्यङ्ग्यकार चट्याङ् मास्टरको परिचय-सन्दर्भ लिखित रुपमा प्रस्तुत गर्दै भने “भ्रष्टाचारी, दूराचारी, व्यभिचारी, अल्छी, घुस्याहा, कामचोरहरूमाथि खरा दरा र हास्यव्यङ्ग्यको गजब सन्तुलन चट्याङ् मास्टरका व्यङ्ग्यका विशेषता हुन् । माग्ने कविता सर्वाधिक चर्चित कविता हो । लेखन र वाचन दुवै प्रस्तुतिमा चट्याङ मास्टर मास्टर पिस कवि हुन् ।”

यो परिचय प्रस्तुतिपछि प्रमुख अतिथि भैरवबहादुर थापाले दोसल्ला ओढाएर यस वर्षको वासुदेव लुइँटेल पुरस्कार चट्याङ मास्टरलाई समर्पण गरे। पुरस्कारमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाकौ थैली, सम्मान पत्रका साथै कौवा प्रकाशनको प्रतिक चिन्ह रहेको छ ।

वासुदेव विद्यादेव गुठीले यसपटक अरु दुईजना जेष्ठ स्रष्टालाई पनि जनही नगद रु १० हजार सहित सम्मानपत्र समर्पण गर्दै सम्मानित गरेको छ । यसरी सम्मानित हुनुहुनेमा काठमाडौंका जेष्ठस्रष्टा रमेश खकुरेल र झापाका जेष्ठस्रष्टा चूडामणि रेग्मी रहेका छन् ।

समारोहमा प्रा.डा. सुषमा आचार्यद्वारा लिखित बालकृति ‘खाँदै घुमौँ’ लोकार्पण गरियो । कृति लोकार्पणमा विशिष्ट अतिथि शान्तदास मानन्धरकासाथ चार बालबालिका समरा आचार्य, कृति रावल, अथिव विनोद पोखरेल र अश्र्या चटौत थिए ।

सम्मानित हास्यव्यङ्ग्यकार चटयाङ मास्टरले मन्तव्यका क्रममा यो पुरस्कारलाई नेपाली हास्यव्यङ्ग्यको मदन पुरस्कार, नोबेल पुरस्कार भएकाे बताए । उनले भने आज ममात्र सम्मानित भएको हैैन, सिस्नपानी नेपाल र हास्यव्यङ्ग्यको श्रीवृद्धिमा क्रियाशील सिस्नुपानी नेपालका सबै साथीहरू सम्मानित भएको हुन् ।

मन्तव्यको क्रममा कवि रमेश खकुरेलले वासुदेवसँग पहिलो भेट हुँदादेखिको संस्मरण सुनाएका थिए। गुठीका पूर्व अध्यक्ष यादव खरेलले वासुदेव-विद्यादेव गुठी स्थापना र पुरस्कार घोषणाको ऐतिहासिक सन्दर्भ स्मरण गरे ।

त्यसैगरी गुठीकाअर्का पूर्व अध्यक्ष रोचक घिमिरेले हास्यव्यङ्ग्यप्रति वासुदेवले गरेकाे समर्पण, त्याग र कौवा प्रकाशनको स्थापना सन्दर्भमा बताए ।

शान्तदास मानन्धरले हास्यव्यङ्ग्यमा वासुदेवले पुर्‍याउनु भएको योगदान स्मरण गर्दै बालबालिकासँगै बालकृति विमोचन गर्न पाउँदा अत्यन्त हर्षित भएकाे बताए ।

प्रमुख आतिथेय मन्तव्यको क्रममा नृत्य सम्राट भैरवबहादुर थापाले २०१०/११ सालदेखि वासुदेवसँग सम्पर्क सम्बन्ध रहेको चर्चा गर्दै २०१५ सालतिर वासुदेवले लेखेको रेशम फिरीरी व्यङ्ग्यात्मक गीतका केही टुक्रा सुनाउनु थिए । वासुदेवले पन्ध्र सालमा देख्नु र लेख्नु भएको देशको अवस्था आजसम्म पनि रेसम फिरीरी नै रहेको पाउँदा आफूलाई आश्चर्य लागेको बताउँदै यस्तो बेथितिका बीच वासुदेव अझै जीवित दावी गर्दै बेथितिका विपक्षमा हास्यव्यङ्ग्य गरिरहेकाे उनकाे भनाइ रहेकाे छ ।

गुठीका सदस्यसचिव डा. विद्यादेव लुइँटेलले आमन्त्रित सबैप्रति धन्यवाद ज्ञापन गरे । फित्कौलीका सम्पादक नरनाथ लुइँटेलले वासुदेवकै अभिप्रेरणाद्वारा आरम्भ भएको फित्कौलीमा प्रकाशित ‘हास्यदेव-वासुदेव’ शीर्षकको कवितासँगै आरम्भ बताए ।

सम्बन्धित खबरहरु

भर्खरै

Skip to content