नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । मलेसियामा भइरहेको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको छ । यस हारपछि छनोट खेलबाट बाहिरिदै नेपालको ग्लोबल क्वालिफायर पुग्ने लक्ष्य समेत टुङ्गिएको छ ।

थाइल्याण्डले दिएको १०६ रन लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवर अविजित रहँदै सर्वाधिक १७ रन बनाइन् भने कविता जोशी र अप्सरी बेगमले समान १० रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई अलआउट गर्न थाइल्याण्डकी ताईपत्छा पुतावोङ र ओनिचा काम्चोन्फुले ३–३ विकेट लिइन् । नातया बुताथमले २ विकेट लिइन् ।

त्यसअघि बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

नेपालक लागि कविता र पुजाले समान एक विकेट लिए ।

खेलकुद फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *