काठमाडौं । समाजवादि दलित मुक्ति संगठनको केन्द्रीय समितिको बिस्तारित बैठक बालकुमारि स्थित पार्टी केन्द्रीय कार्यलयमा सम्पन्न भएको छ । दलित मुक्ति संगठनका ईन्चार्ज चन्देश्वर पासवानको प्रमुख आतिथ्यता बैठक सम्पन भएको हो ।
पार्टीको भरखरै सम्पन्न बिधान अधिबेशन र पार्टि परिपत्र अनुसार दलित मुक्ति संगठनको केन्द्रीय समितिको बैठक बसेको दलित मुक्ति संगठन सहसंयोजक प्रदिप घतालले बताए।
उक्त बैठकमा बिभिन्न जिल्ला र प्रदेशबाट आएका संगठन प्रमुख, संगठनका केन्दीय समिति र जिम्मेवार ब्यक्तिहरुले पार्टीको दलित संगठनको अबस्था र संगठन निर्माणका चुनौतिहरुका बिषयमा गरेका थिए ।
त्यसैगरि संगठनका सह संयोजक प्रदिप घतालले दलित संगठन र पार्टी बिच उचित समन्वय र सहकार्य हुन नसकेको, पार्टीको सैद्धान्तिक आधार, बिद्यान र घोषणापत्रमा दलित मैत्रि नीति तथा कार्यक्रम प्रष्ट नलेखिएको जस्ता बिषयले पार्टीमा दलित समुदाय आकर्षित हुन नसकिरहेको बिषय उठान गरेका थिए ।
उनले आफ्नो लिखित कार्यपत्र प्रस्तुत गर्दै अब दलित मुक्ति संगठनले अम्बेडकरवाद लाई आफ्नो स्पष्ट सैद्धान्तिक र मार्ग दर्शक सिदान्त बनाएर अगाडि जाने र पार्टीले त्यसलाई साथ दिनु पर्ने कुरा उल्लेख गरेका थिए । संघिय समाजवाद र पहिचान मात्रै भनेर दलितहरु समेटिन नसकिने बताउदै अम्बेडकरको सिदान्त र संघर्षलाई अनुसरण गरेमात्र दलितहरुले यो पार्टीलाई साथ दिने कुरा उनको भनाइ थियो ।
बैठकमा बोल्ने अधिकांस नेताहरुले संगठन नै राजनीतिको मूल साधन भएकोले संगठन बिस्तारमा लाग्नुपर्ने सुझाव राखेका थिए । बलियो संगठनले मात्रै तागत निर्माण गर्ने र न्याय अनि परिवर्तनको लडाई जित्न सकिने हुदा संगठनमा होमिन, नेता जन्माउन रणनीतिक रुपमा लाग्न नेतृत्वलाई खबरदारि पनि गरेका थिए ।
साधन स्रोतको सिमितताको बाबजुत पनि निरन्तर लडिरहन र संगठनमा क्रियासिल रहन संयोजक चमेलिदेबि दासले सबै नेताहरुलाई आग्रह गरेकी थिइन ।
प्रमुख अतिथि चन्देश्वर पासवानले पार्टी धेरै तिरबाट आएकाहरु बिच एकताबाट बनेको हुँदा धेरै थरि विचार र स्वभाव भएका नेताहरु पार्टीमा रहेको कुरा स्विकार गरे । पार्टी नेतृत्वले अम्बेडकर विचारधारालाई स्विकार गरेको भन्दै ईन्चार्ज पासवानले अब संगठन विस्तारमा होमिने कुरा राखेका छन् ।
संगठनले प्रदेश स्तरिय प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम मार्फत संगठन विस्तार र सुदृढीकरणका लागि सातै प्रदेशमा अभियान चलाउन बैठक राखिएको सह संयोजक प्रदिप घतालले जानकारि दिए । प्रदेशको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दलित मुक्ति संगठनले चाडै देश व्यापि संगठन विस्तार र प्रशिक्षण कार्यक्रमलाई तिब्रता दिने जनाएको छ ।