सन्दीप एसिया कप खेल्न भोलि पाकिस्तान जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् । जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण भदौ २१ गते पेशी सरे पछि उनी सोमबार एसिया कप खेल्न पाकिस्तान जाने भएका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले पनि संभवत भोलि पाकिस्तान जाने जानकारी दिएको छ । नेपालको बाँकी टिम भने भदौ ५ गते नै पाकिस्तान गइसकेको छ ।

नेपालले एसिया कपमा समूह चरणमा पाकिस्तान र भारतसँग खेल्नेछ ।

नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३० (भदौ १३) मा मुल्तानमा खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

खेलकुद फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *