नेपाल प्रज्ञा–प्रतिष्ठानको इ–बुकिङ हलसेवा शुभारम्भ

काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानले हल प्रयोगकर्ताका लागि हल इ–बुकिङ सेवा खुल्ला गरेको छ। प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच हल इ–बुकिङ सेवा शुभारम्भ गरेका छन् । उनले आजको विश्वमा प्रविधिमैत्री हुनुको विकल्प नभएको बदाउँदै यस सेवाले हल प्रयोगकर्तालाई छिटो, छरितो र सर्वसुलभ सेवाप्रवाह गर्न सकिने बताए ।

यसैक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले ‘हल इ–बुकिङ सेवा’को प्रभावकारिता झन् बढ्ने बताए । उनले वेभसाइटलाई आवश्यकताअनुसार परिमार्जन गर्दै जाने बताएका छन् ।

यसैगरी सिल्भरगेट सफ्टवेयर प्रा.लि.ले हल इ–बुकिङ साइटको निर्माण गरेको हो । प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत तथा सफ्टवेयर इन्जिनियर करुण थापाले प्रज्ञा–प्रतिष्ठानको वेभसाइट, फेसबुक पेज, इ–बुक, हल इ–बुकिङ र अनलाइन सेवाका लागि आवश्यक प्राविधिक सहयोग गर्न तत्पर रहेको बताए ।

यस शुभारम्भ कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल कृष्ण श्रेष्ठ ‘विमल निभा’, प्राज्ञ परिषद् सदस्यहरूमा डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, बाबा बस्नेत, त्रैलोक्यमान बनेपाली ‘अगिव’, अमर न्यौपाने, हंसावती कुर्मी, प्राज्ञसभा सदस्य चेतनाथ धमला, प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखा प्रमुखहरू र प्रज्ञा प्रतिष्ठानका सम्पूर्ण साहित्यकार, कलाकार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
–ढुस्केली

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *