क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदैछ। नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका सन्दीप पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

सन्दीपले गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन्। यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो, तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो।

खेलकुद फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *