नेपाल उसु महासंघको अनुमती बिना खेलाडी एशियन जुनियर उसु च्याम्पियनसिपमा सहभागी

काठमाण्डौं । नेपाल उसु महासंघको अनुमती बिना तथा उसुका प्रमुख प्रिशक्षक लगायत नेपाल उसुको प्राविधिक कमिटिलाई जानकारी नदिई नेपाल उसु महासंघका पूर्व महासचिव ल्हाक्पा छिरिङ्ग शेर्पा र पुर्व कोषाध्यक्ष लानम लामाले आफु खुसी मकाउमा आयोजना हुन गइरहेको ११ औं एशियन जुनियर उसु च्याम्पियनसिप २०२३ मा खेलाडी सहित सहभागिता जनाएका छन्। १४ देखि २१ अगस्टसम्म मकाउमा सञ्चालन हुने प्रतियोगितामा नेपालका दुई अफिसियल र पाँच खेलाडी अनुमती बिना सहभागी भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले जानकारी दिएका हुन् ।

यसरी आफूखुसी मनोमानित ढंगले खेलाडी छनौट गरी आफु पाएकका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रयोगितामा सहभागि गराएकोमा महासंघले आपति जनाएको छ ।

नेपाल उसु का प्रमुख प्रशिक्षक तथा नेपाल उसुको प्राविधिक कमिटिले समेत यो कार्यलाई कानुन सम्मत नभएको जनाएका छन् ।

नेपाल उसु महासंघको नाममा यस्ता अनैतिक कार्य भएको भन्दै राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायमा नेपाल उसु महासंघले ध्यानाकर्षण गराएको छ।

खेलकुद फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *