December 11, 2024

मेसी बने फिफा वर्ष खेलाडी

मेसी बने फिफा वर्ष खेलाडी

काठमाडौं । अर्जेन्टिनी फुटबल टोलीका कप्तान तथा फरवार्ड लियोनल मेसी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी बनेका छन् । पेरिस सेन्ट जर्मेनका मुख्य फरवार्डसमेत रहेका मेसीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै २०२२ को फिफा वर्ष उत्कृष्ट खेलाडीको उपाधि पाएका हुन् ।

मेस्सी दोस्रोपटक फिफा उत्कृष्ट वर्ष खेलाडी बनेका हुन् । मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि जितेको थियो । मेस्सीले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

उनले भने, ‘यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरा लागि सम्मानको कुरा हो। मैले लामो समयदेखि आशा गरेको सपना पूरा भयो । धेरै कम मानिसले त्यो पूरा गर्न सक्छन् र म भाग्यशाली छु ।’

अर्जेन्टिनालाई तेस्रोपटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षक घोषणा भए । उनले पेप ग्वार्डिओला र कार्लो एन्सेलोटीलाई पछि पार्दै उपाधि जितेका हुन् । अर्जेन्टिना र एस्टन भिल्लाका एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर बने । मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको सुटआउट जितसहित चार पेनाल्टी बचाएका थिए।

सम्बन्धित खबरहरु

Skip to content