टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या २९ हजार नाघ्यो

काठमाडौं, १ फागुन । टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी हालसम्म २९ हजारभन्दा बढीको ज्यान गुमाएका छन् । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्कीमा २९ हजार ६ सय ५ मृत्यु भएको र अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन्।दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

त्यसैगरी सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। टर्की र सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ। एजेन्सीकाे सहयाेग

अन्तराष्ट्रिय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *