काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीका नेताहरुले बताएका छन्।
राष्ट्रिय बहस बनेको एमसीसी सम्झौताका विषायमा अनिर्णित हुन नहुने भन्दै पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले दवाव दिएपछि केन्द्रीय परिषद् अध्यक्ष उपेन्द्र यादवले साे बैठक बोलाउनुभएको हो ।
पछिल्लो समय जसपामा आन्तरिक विवाद बढ्दै जाँदा पार्टी फुटको स्थिति सम्म पुग्न सक्ने जसपा नेताहरु स्वीकार गर्छन। संघिय परिसद अध्यक्ष डा बाबुराम भट्टराई पक्षबाट केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको कुराले अर्का कार्यकारी अध्यक्ष उपेन्द्र यादब पक्ष झस्किएको छ।
एम सी सी विवादले सत्तापक्ष गठबन्धनमा आएको संकटका कारण जसपाको यो बैठकलाई महत्वपुर्ण रुपमा हेरिएको छ।