पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु, १,३८६ संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ जनाको मृत्यु भएको छ भने १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरण अनुसार ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८३ र २ हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर संक्रिय संक्रमित ४५ हजार २४८ रहेका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।

फिचर न्युज मुख्य खबर शिक्षा/स्वास्थ्य समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *