काठमाडौं । सरकारले माघ १० गतेदेखि मलेशिया लगायतक खाडी मुलुकहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी मुलुक र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि भ्रमणमा जान रोक लगाएको हो ।
शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २०७८ माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्म भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।